नेकपा माओबादी केन्द्रको स्थायी कमिटी बैठक सक्यो,नेपाली काँग्रेस र जसपासँग वार्ता गर्ने निर्णय
२५,फागुण–काठमाण्डौं । नेकपा माओबादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।
सर्वोच्च अदालतले पूर्व माओबादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि मंगलबार पेरिसडाँडामा बसेको माओबादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस बिषयमा थप छलफल गर्न फेरि २६ गते बुधबार बिहान ११ बजे पार्टी कार्यलय पेरिसडाँडामा बैठक बस्ने भएको छ ।