Logo

कर्णाली नदीमा एकै परिवारका पाँच जना बेपत्ता,अझै एक जनाको शव भेटिएन


२५,फागुण–काठमाण्डौं । एकै परिवारका पाँच जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जस मध्येमा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका(३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

आमाछोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका(४ स्थित कर्णाली नदीमा आज ९मंगलबार० दिउँसो १२ बजेतिर फेला परेको हो । १६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो । प्रहरीका अनुसार आमा, दुई छोरी र एक छोराको शव भेटिएको स्थान नजिकै छ । ५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ । स्थानीयका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा सुकी छोराछोरीसहित निस्किएकी थिइन् । तर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दा सोमबार नै दुई छोरीको कर्णालीमा शव फेला परेको थियो । मृतक सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

प्रतिक्रिया दिनुहोस्