Logo

प्यरी चरी, सरि


                                                                                                        प्रेम जैरु

२५,फागुण–काठमाण्डौं । कुनै एक अध्यारो,घना जङ्गलमा एक तपस्या धारी मानिस बस्थ्यो । उसको आफ्नो एउटा सुन्दर बगैचा थियो त्यस बगैंचामा सुन्दर- सुन्दर फुलहरु थिए अनि असल-असल फल दिने थुप्रै बोट बिरुवाहरु थिए। र त्यस बगैचामा विभिन्न घर पालुवा पन्छी अनि जंगली चराचुरुङ्गिहरु आउथे एक अर्कामा सुस्केरा हालेर रमाउथे । तेति मात्र नभइ त्यस बगैंचामा थुप्रै थरिका किरा फटयांग्रा आउथे, रमाउथे एक आपसमा खुबै रमाउथे अनि त्यस मानिस त्यो सबै दृश्य हेर्दै खुबै रमाउथ्यो । अफ्नो बगैंचामा आएर रमाएका सबै थरिका जीव जन्तु लगायत चराचुरुङ्गी सगै घन्ट्अैा बिताउथ्यो ।

त्यहा भएका सबै थरीका जीव जन्तु, चराचुरुङ्गी उत्तिकै ख्याल रख्थ्यो सबै लाई माया गर्थ्यो। भन्नू पर्दा सायद त्यो मानिसको दैनिकी नै यिनै आफ्नो सुन्दर बगैंचाको हेरचाह गर्ने र त्यहा भएका कुराको रेखदेख गर्नु थियो । यसरी नै आफ्नो जीवन चलाइरहेका थिए । एक दिनको कुरा हो । उ सदा झै सबरै उठेर आफ्नो बगैंचामा गयो जब ऊ बगैंचामा पुग्यो सदैको भन्दा फरक आवज सुन्यो सबै चराहरुको चिच्यावट अलि पृथक थियो ।

अनि उस्ले नियालेर हेर्यो अलि पर एउटा चरी पखेटा फर्ल्याक्क परेर टाउकाे भुइँमा पारेर झोक्राएर बसेको देख्यो । वरिपरि अरु धेरै चराहरुले घेरिरहेका थिए । ऊ नजिक गयो र सबै चराहरुलाई धपाएर ती चरीलाई हातमा लिन्छ। हेर्दा धेरै नै प्यरी अनि अत्ति नै सुन्दरताले भरिएको चरी देखेर अचम्मित भयो । उसले ती चरी जस्तो जिबनमा कहिले देखेको थिएन उनको रुप अनि त्यो विनम्रत देखेर आफ्नो मनमा ममता को बाहा भिरिएर आयो ।

उसले उनको शरीर सुमसुम्यो अनि सबै निहालेर हेर्यो तिनको शरिरमा धेरै चोटहरु देख्यो झनै उसलाइ ती चरी देखेर धेरै टीठ लाग्यो र चरीलाई लिएर आफ्नो कोठामा लग्यो । अनि उनलाई सफा पानीले नुहाइदियो र उनको शरिरमा भएको घाउहरुमा मलम पट्टि लगाइ दियो । समय बित्दै गयो दिन दिनै चरीको घाउ निको हुँदै गयो । चरीको जिबन्त परिवर्तन हुन्दै गयो । बिस्तारै-बिस्तारै चरी र ती मानिस बिचको घनिष्टता बदै गयो ।

हुदा हुदा बिहान उठाउनलाई सबेरै चरी ती मानिसको कोठामै आउथिन अनि उठाउथिन तेसो गर्दा ती मानिस पनि खुशी हुन्थे । एक दिन मानिसले यस्तो निणय गर्छ कि जत्ती पनि आफ्नो बगैंचा छ ती सबैको रेखदेख गर्ने र सबैको हेरचाह गर्ने जिम्मेवारी उस्लाइ सुम्पिने कुरा गर्छ । यो सुन्दा चरी खुसी हुन्छिन तर केही दिन पछि चरीलाई खै के हुन्छ । चरी बगैंचा भन्दा बाहिर बसिरहेको देखिन्छ अनि मानिस चरी नजिकै गएर चरी के भयो तिमीलाई भनी सोध्छ ।

चरीले जवाफ दिन्छिन मलाइ मेरा अतितले सतायो । अनि फेरि उस्ले सोध्छन के थियो त्यस्ता तिम्रो अतीत अनि उनले भन्छिन आफ्ना कहाली लाग्दा ती अकल्पनीय अतितहरु अनि उनले आफ्ना नयनबाट बहुमुल्य मणिका थोपा तुप्प चुहाउदै आफ्ना कथा सुनाउदै थिइन । यो सुन्दै गर्दा ती मानिसको अँखा रसाएर लगाएको कपडा छपकै भिजी सकेका थिए । अनि सबै कुरा गरे पनि चरी ले भनी म यहाँ बस्न सक्दिन म आफ्नै सन्सारमा जान्छु भनी ।

चरीले जान्छु भनेर पटक – पटक भने पछि मानिसले मन खिन्न बनाउदै प्यरी चरी सरि भन्दै बिदाईको हात हल्लयो । चरिको कथालाई सम्झिदै रुदै-रुदै बगैंचाको कुनामा बस्यो । चरीलाई मनबाट समझाउदै थियो चरी तिम्रा ती शरीरमा लागेका हरेको चोटको गहिराई मलाइ राम्रो सङ थाहा छ अनि म याद गर्न चाहन्छु जुन पहिलो दिन तिमी मेरो बगैंचामा झोक्राएर बसेको मैले भुलेको छैन । किन तिमी यत्ति छिट्टै परिवर्तन भयै ? तिमिलाइ मैले पिजडामा राख्न खोजेको होइन चरी तिमिलाइ मैले मेरो सुन्दर बगैंचामा राख्न खोजेको हो त्यो पनि मालिक बनाएर ।

किन तिमीलाइ के कुराले बहकायो ? तिमीलाइ थाहा छ जति बेला तिमीलाई कुनै एउटा अपराधीले तिम्रो पखेटा भाचिदिएर जङ्गलमा छोडिदिएको थियो नि त्यत्ती बेला तिमीले कत्ती कष्ट भोगेकी थियौ ? कत्ती अन्य चराचुरुङ्गीले तिमीलाइ ठुगेका थिय ? तिमी गाँस न बासको भएर हिडेकि थिए उ ? त्यत्ती बेला तिमीले आफुलाइ नै बिर्सेर आफ्नो अस्तित्व समेत गुमाएकी थियौ । खुल्ला आकाशमा हिड्दा सायद तिमिलाइ मज्जा  त भयो होला तर तिमीले पाएका ठक्कर , हन्नरहरु किन यति छिट्टै बिर्सेकी ? यी सबै कहानी त तिम्रै होनि चरी मैले तिम्रै मुखारबिन्दु सुनेको त हो नि यो सब ।

मेरि प्यारी चरी सरि भन्दै डाकाे छोडेर रुदै बस्छ । कैमा पछाडी बाट केहिको आवाज आउँछ र भन्छ सरि होइन अब हामी सगै बस्छाै जीवन भरी । यत्तिकैमा चरी भुरुर उडेर आउछिन र मानिसको काधमा चढ्छिन र भन्छी मलाइ हजुरले कत्ती माया गर्नु हुदो रहेछ भनेर मात्रै हो म पनि नि त कहाँ जान सक्छु र यो सुन्दर बगैंचा छोडेर ? अनि भन्छिन मेरो जाने ठाँउ कहाँ नै पो छ र ? अनि ती दुबै जनाको अँखा बाट हर्षका आसुको बलिन्द्र हुन्छ र फेरि उहीँ पुराना करारहरु लाई पुनर्स्थापना गर्छ्न र सम्बन्धको मजबुत डोरीलाई बलियो गाठाे पार्दै खुसियाली जीवन बिताउछन ।

प्रतिक्रिया दिनुहोस्