एकात्मक सामन्ती राज्य ब्यावस्थाले महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक
सरला धमला
२४,फागुण–काठमाण्डौं । नेपालको सन्दर्भमा ८ मार्चको महत्त्व छुट्टै छ । एकात्मक सामन्ती राज्य ब्यावस्थाले महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक थियो । महिलाहरू भनेका घरेलु दास एउटा मेसिन र साधको रुपमा काम गर्नु पर्थ्यो। महिलाहरुलाई आफुखुसि कुनै काम गर्न र बोल्न छुट थिएन । बिहान ५ बजेदेखि राति १० बजे सम्म लगातार १७ घण्टा काम गर्नु पर्थो । श्रमको कुनै मुल्य हुन्थेन,आफ्ना कुरा राख्ने छुट थिएन अरुको निगाह र निर्देशनमा रोबटको जिन्दगी बिताउन बाध्य थिए । यि सबै अन्यान्य र अत्याचार सहन नसकि घर भित्रको चारघेरालाई तोड्दै महिला दिदिबहिनीहरु न्याय रसमानताको लडाइमा होमिनु बाध्य हुनु पथ्र्यो ।
विभिन्न शान्तिपूर्ण आन्दोलनमा महिला मुक्तिको खाटिर योग मायाले पुर्याएको योगदान देखि १० बर्ष महान जनयुद्धमा हजारौं महिलाको बलिदानी पुर्ण संघर्ष गरेका थिए । जसको कारण यो देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनासंगै धेरै महिला हक र अधिकारका कुराहरु सुनिश्चित भए । राज्यको हरेक तहमा समानुपातिक समावेशी सहभागिता लैगिक विभेद बिना समान वशिय हक महिला विरुद्ध धार्मिक , सामाजिक , सास्कृतिक परम्परागत वा अन्य कुनै आधारमा शारीरिक स मानसिक , यौनजन्य किसिमका हिंसा जन्य कार्य वा शोषण गर्न पाइदैन भनिएको छ ।
प्रत्येक महिलालाई स्वास्थ शिक्षा रोजगार र सामाजिक सुरक्षा सकारात्मक बिभेदको आधारमा बिशेष अवसर प्राप्त हुनेछ भनिएको छ । यति धेरै हक निर्देशित हुदाहुदै पनि लैगिक उत्पिडन र हिंसाको घटना घटेको देखिदैन । यसो हुनुमा घरेलु श्रमिकको रुपमा काम गर्ने महिलाहरूको श्रमको उचित मुल्यांकन नहुनु र समान वशिय हकलाई राज्यले स्विकार्न नसक्नु नै हिंसा असुरक्षा र असमानता को कारण बनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यनयनको यो चरणमा आईपुग्दा अझै पनि श्रमिक महिलाहरूले आफुले काम गर्ने कार्यस्थलमा सुरक्षित महशुस गर्न सकिरहेका छैनन ।
संगठित क्षेत्रमा केहि सुधार भए पनि असंगठित क्षेत्रमा काम गर्ने महिला श्रमिकहरुको चरम आर्थिक शोषण भएको छ । उचित शिशु स्याहार केन्द्र नहुदा उधोग प्रतिश्ठान र खारखानामा काम गर्ने महिला श्रमिकहरुले गर्ववति भएकै कारण जागीर बाट हात धुनु पर्न अवस्था सिर्जना भएको छ । आज एकातिर महिला आन्दोलन उत्सर्गमा पुग्दै बिजय हासिल गर्दै गर्दा अर्को तर्फ प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा पनि त्यतिकै पैदा भएको छ । समग्र कुरा अगाडि बडाउन सकिएन भने अब को ट्रेडयुनियन आन्दोलन अझै चुनैतिपुर्ण हुनेछ । संसारभरका श्रमजीवी महिला हरुको सघर्ष र आन्दोलनवाट बिजय प्राप्त भएको छ ।
यो एतिहासिक दिनको स्मरण गर्दै महिला र पुरुष बिचमा देखिएको असमानताको खाडल पुर्दै समान सोच सह अस्तित्वलाई स्वीकार्नु आवश्यक छ । अनि मात्र महिलालाई आर्थिक , राजनैतिक , सामाजिक र सास्कृतिक क्षेत्रमा सशक्त बनाउदै सहभागिता मात्र होईन अर्थपूर्ण प्रतिनिधित्व गराउन सकिन्छ । साबै खाले हिंसा बिरुद्ध एक्यवद्ध भएर अगाडि बढ्न सकिन्छ ।
अनि मात्र १११ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसले बर्तमान चुनौतीपूर्ण अबस्थाको सामना गर्ने आँट र उज्वल भविष्य निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्न मद्दत गर्छ । त्यसो भएमा मात्र अबको महिलाको आन्दोलनले गौरव पुर्ण इतिहास रच्ने छ । अन्त्यमा १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलब्ध सम्पुर्ण श्रमजीवी महिला वर्गमा शुभकामना ब्यक्त गर्दछु।