Logo

तिम्रो हुने कहिले नेपाली फिल्मको टाईटल गीत सार्बजनिक,बजारमा ब्यापक चर्चा


२०,फागुण–काठमाण्डौं । तिम्रो हुने कहिले ? नेपाली फिल्म टाईटल गीतको भिडियो बजारमा सार्बजनिक भएको छ । केही घण्टा अगाडी मात्र क्लासिक फार्म मुभिको अफिसियल युट्यूव च्यानलबाट सार्बजनिक गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा सम्म ५२ हजर जनाले हेरी सकेको छ । यस गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीले स्वर दिएकी छिन । प्रस्तुत गीतमा शब्द, संगीत संयोजन बबुल गिरीको रहेको छ ।

चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला बानले दिएकी छिन । यस टाईटल गीतलाई क्लासिक फार्म स्टिडियो बाघबजार स्टुडियोमा रेकर्डिङ गरिएको हो । यस गीतलाई रेकर्डिङ र मिक्सिङ मनोज डङ्गोलले गरेको हुन भने डबिङ गिरिस रिजालले गरेको हुन ।

यस गीतमा आपसी दुई युगल जोडी बीचको प्रगाढ माया दशाउर्न खोजिएको छ । यस टाईटल गीतमा प्रकाश चण्द, मौसमी ओली, कारण पाण्डे, सबिन बास्तोला, सारादा गिरी, मिना जिसि, सुधन धिताल, मुस्कान रेग्मी, मोहन गिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कङना बस्नेत, सरोज मानन्धर आदिको जोडदार अभिनय गरेका छन ।

यस गीतलाई कोरियोग्राफी सुरेश पाण्डे र सुनिता बस्नेतले गरेको छन भने मेक अफ रुपा मानन्धरले गरेकी छिन । यस गीतलाई छायाङकन रामकृष्ण चौलागाईले गरेको हुन भने ललित सिंह साउदले सम्पादन गरेको हुन । कथा तथा निर्देशन राजु गीरीले गरेको हुन भने निर्माता स्याम खत्री रहेका छन ।

प्रतिक्रिया दिनुहोस्