Logo

आदिवासी जनजाति र अधिकार पुस्तक लोकार्पण


 

१५,फागुण–काठमाण्डौं । साहित्य सर्जक तथा सामाजसेवी अरुण कुमार राई (दोभान) द्वारा लिखित आदिवासी जनजाति र अधिकार नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार किराँत राई यायोख्खाको केन्द्रिय कार्य समिति कार्यलय कोटेश्वर काठमाण्डौैंमा सो पुस्तक विमोचन भएको छ । साहित्यकार अरुण कुमार राई द्वारा लिखित पुस्तकलाई पूर्व यु.के. मेजर योगेश कोयी राईले प्रकाशन गरेको हो । किराँत राई यायोख्खा लेखक सङ्घ केन्द्रिय कार्यसमिति द्वारा आयोजित लोकार्पण समारोहमा किराँत राई यायोख्खा केन्द्रिय कार्र्यसमितिका अध्यक्ष दिवस राई प्रमुख अतिथिको रुपमा रहेका थिए ।

अन्य विशेष अतिथिहरुमा साहित्यकार राजन मुकारुङ,आदिवासी जनजाती महासङघका सचिव सोनाम याङकी योल्मो,राजनीतिकर्मी शान्ति कुमारी राई,दुर्गा राई,हिमाल राई लगायतका विशिष्ट व्यक्तिहरु अन्य अतिथिको रुपमा रहेका थिए । प्रमुख अतिथि दिवस राईले दोस्रो संस्करणको रुपमा महत्पूर्ण पुस्तक ल्याएकोमा साहित्कार अरुण कुमार राईलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उनले समाज परिवर्तनका लागि अरुण जस्तो हजारौं अरुण जन्मिनुपर्ने पनि बताए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सर्जकहरुले अरुण कुमार राई द्वारा लिखित पुस्तक एउटा नमुना रुपी खोजमुलक साधन भएको बताएका छन् । उनीहरु सबैले लेखक राईलाई बधाई तथा शुभकामना दिदै छुट्टाछुट्टै आ–आफ्नो धारणा राखेका थिए । आदिवासी जनजाति र अधिकारको मुख्य विषय समेटिएकोले यो पुस्तक महत्पूर्ण रहेको साहित्यकार राजन मुकारुङले बताए । साथै उनले बधाई तथा शुभकामना दिदै यो पुस्तकमा जनजातिहरुको अधिकारका मुद्धाहरु समेत समावेश गरिएको बताए ।

उनले पुस्तकको समिक्षा गर्ने क्रममा अहिले सम्म यायोख्खाले जनजातिहरुको भाषा,धर्म,लिपि,सँस्कृति र भेषभुषा जोगाउने काम नगरेको पनि आरोप लगाए । यायोख्खाले समग्रह राई जातीको हक,अधिकार धर्मसँस्कृतिको उत्थानको लागि लड्ने कि ? आफ्नो व्यक्तिगत स्वार्थको राजनीति गर्ने भन्दै मुकारुङले प्रश्न त्यस्र्याउदा यायोख्खाका अध्यक्ष जस्किएका थिए । ओलीले सरकार चलाएको तीन बर्ष यता जनजातिहरुको हक अधिकार र धर्म सँस्कृतिमाथ हमला हुँदै आएको पनि उनले बताए । किराँतहरुको इतिहास र पहिचान बोकेको शालिक ढल्दा पनि यायोख्खाले विज्ञप्ती जारी नगरेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशक योगेश कोयी राईले यो पुस्तककोले जनजातिहरुमा केही सचेतना जोगाउन सक्छ भन्ने विश्वास लिएको बताए । लामो समय ३५ बर्ष विदेशी भुमीमा बस्दा बस्दा नेपालमा पनि केही सम्भावना छ, आफू नेपाल फर्केर केही गर्छु भन्ने उद्देश्यका साथ यो पुस्तक प्रकाशन गरेको बताए । यो पुस्तकले जनजातिहरुको केही चेतनाको विकास हुने र यसले समाजमा केही परिवर्तन ल्याउने विश्वास पनि रहेको औल्याए । लेखक अरुण कुमार राई जस्तो मौलाउदै गएको बिरुवाको जोगेर्ना तथा थाङग्रोको रुपमा उभिएर टेवा पुर्याउनु सबैको दायित्व समेत भएकोे रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्