Logo

फागुण २३ गते प्रतिनिधिसभा बैठक बोलाउने सरकारको तयारी


 

१४,फागुण–काठमाण्डौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन तयारी गरेको छ । आज शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो विषयमा राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको आदेश अनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्