चर्चित नायक पलशाह विबादमा,उनले अभिनय गरेका सबै चलचित्रहरु प्रर्दशनमा रोक लगाउने सम्मको तयारी
१४,फागुण–काठमाण्डौं । चर्चित नायक पलशाह विबादमा तानिने भएका छन् । उनले अभिनय गरेका सबै चलचित्रहरु प्रर्दशनमा रोक लगाउने सम्मको तयारी भएको छ । सुनसरी इनरुवा नगरपालिका वडा नम्बर १ स्थायी घर भई हाल धरानमा बस्दै आएका अरुण प्रधानले नायक शाहविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
पलशाहले आफूमाथी सांघटीक रुपमा भौतिक आक्रमण गरेको भन्दै अरुण प्रधानले सुरक्षाको मागसहित प्रहरीमा उजुरी दिएका हुन् । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले नायक शाहले आफूमाथि अपशब्द बोल्दै भौतिक आक्रमण गरेको भन्दै उनीमाथि कारवाहीसहित शान्ति सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन ।
नेपाली चलचित्रको प्रभाव सम्बन्धी कार्यक्रममा अतिथिको रुपमा सहभागिताको लागि आग्रह गर्ने क्रममा प्रधानमाथि गाली गलौचसहित भौतिक आक्रमण भएको बताईएको छ । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै उनले आवश्यक कारवाही गर्ने बताएका छन् । अब हेरौं उनले पेश गरेका लामो स्टेटस जस्ताको तस्तै :
प्रेस बिज्ञप्ति।
नमस्कार सम्पूर्ण पेशागत संघ र संगठनका अधक्ष्य ज्यु हरु , पत्रकार मित्र,चलचित्रकर्मी मित्र तथा शुभचिन्तक मित्रहरुमा ।
प्रदेश नं १ लाई एउटा सुन्दर चलचित्रनगरी बनाउने पारीकल्पना सहित हामीले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ स्थापना गरी , प्रदेश नं १ मा चलचित्र क्षेत्र संग सम्बन्धित विविध गतिविधी गर्दै आइरहेको छौ । हामी हाम्रो प्रदेशमा आएका कुनै पनि चलचित्रको छायांकन टोली या कुनै पनि कलाकार लाई स्वागत सम्मान तथा आफुले सक्ने सहयोग गर्ने गरेका छौ । यही क्रममा मेरा मित्र हरुको एउटा म्युजिक भिडियोको छायांकन धारनमा हुने जानकारी प्राप्त भयो ।
लोकेसन को खोजी सहित गीत छायांकन गर्न साथीहरु २०७७ फाल्गुन १० गते धरान आउनु भयो । मैले मेरा साथीहरुलाई गीताको लोकेसन हेर्ने देखी यहाँ उपलब्ध हुने लाईट,क्यामरा जुटाउने कार्यमा निस्वार्थ भावले सहयोग गर्दै आए । २०७७ फाल्गुन १२ गते नायक पल शाह भनिने पूर्ण विक्रम शाह आफ्नो २ असिस्टेन्ट कृष्ण प्रसाद जोशी, अर्जुन चन्द ठकुरी सहित ४स्२५ को बुद्ध एयरको फ्लाईट को टिकट भए पनि डिले भएको ले १स्३० घण्टा ढिलो आउनु भयो । वहाहरु बिराटनगर बाट धरान आउदै गरेको खबर पाए पछि मेरो मित्र ःगकष्अ खष्मभय निर्देशक ज्यु ले नायकलाई अलि राम्रो ठाउमा खाना खुवाउन पर्छ
कहाँ जौ भनेर मलाई सोध्नु भयो। केही समय अघि मैले केही कलाकर मित्रहरू लाई ज्वाइँ खाना होटलमा खाना खुवाएको थिए । वहाहरुलाई पनि त्यही लगौ भने र खाना अर्डर गर्नको लागि मेरो निर्देशक मित्र र म अगाडि गयौ । केही समय पछि नयक सहितको हाम्रो टोलि आईपुग्यो । म नायक ज्यु लाई स्वागत गर्न तयारी अवस्था मा खदा लिएर बसेको थिए । मेरो मित्रले मेरो परिचय गराए पछि मैले वाहा लाई खदा लाई दिए । त्यो खदा लाएको फोटो खिच्न लागेको मात्र के थिए वहाको कृष्ण भन्ने असिस्टेन्ट ले फोटो खिच्न पाईदैन भनेर रोक्यो । मैले मेरो मोबाईलले फोटो खिचिन, त्यसपछि मेरो निर्देशक मित्रले आफ्नो मोबाईल बाट फोटो खिच्नु भयो ।
त्यसपछी हामी सबै खाना खान को लागि बस्यौ , खाना आउन अघि हामिले २०७७ फल्गुण १५ गते सनिवार पुर्व निर्धारणा गरेको अन्तरक्रिया कार्यक्रम ” प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव ” मा एकछिन सहभागी भइ दिनको लागि मेरो निर्देशक मित्रले पटक पटक आग्रह गर्दा नायक ज्यु ले रुखो तरिकाले सहभागी नहुने र आउदै नआउने भन्नू भयो ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले र नेपाल चलचित्र निर्देशक समाज ले उकत कार्यक्रमको आयोजना गर्न लागेको र कार्यक्रम को बारेमा सम्पूर्ण जानकारी गराएर केही समयको लागि मात्रा उपस्तिथ हुन आग्रह गर्दा पनि नायक ज्यु ले एकदमै रुखो तरिकाले आफ्नो असिस्टेन्ट संग कुरा गर्न भने पछि मैले ठिकै छ तपाईं को समय छैन र सहभागी नहुने भए हामी पनि तपाईलाई उक्त कार्यक्रम मा सहभागी गराउने छैनौ तपाईं आफ्नो छयांकन सकेर जन सक्नु हुन्छ, मैले फेसबुकमा दिने निमन्त्रणा मा तपाई को नाम डिलेट गरिसके भनेर भने ।
त्यसपछि वहाँ आफैले नै चोरी औंला ठहर्याउदै र वहाको असिस्टेन्ट कृष्ण ले एकदमै अमर्यादित तरिकाले विवाद गर्न खोजे पछि मेरा मित्र नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा यस् म्युजिक भिडियोका निर्देशक जनकदिप पराजुली ज्यु ले अब यो च्याप्टर क्लोज गरौ, भोलिको छयांकनको बारेमा कुरा गरौ भने पछि हामी सबैले त्यही अनुसार नै ल यो च्याप्टर क्लोज भयो भन्दै विवाद अन्त्य भएको भनेर ल अब खाना खाउ भनेर खाना को प्रतीक्षा मा बस्यौ ।
त्यो बेला नायक ज्यु आफ्ना दुई असिस्टेन्ट सहित अर्को टेबलमा गएर बस्नु भयो । खाना आयो र हामी समान्य तरिकाले भोलिको हुने छयाकन को कुरा गर्दै खाना खान थाल्यौ । वहाहरु खानाखादै सथिहरु संग फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । हामी सबै जना समान्य तरिकाले खान लिदै थियौ । एकछिन पछि त्यस होटलमा १०र१५ जना युवाहरु आउनु भयो । आउने सबै धरानकै स्थानिय युवाहरु भएको र त्यहा उपस्तिथि भएका म लगायत अन्य साथिहरु पनि धरानकै चिनजान भएको हुदा ती युवा हरुले कुनै पनि विवाद गर्नु भएन ।
ती युवाहरु आए पछि अचानक नायक पल शहाका असिस्टेन्ट कृष्ण प्रसाद जोशी ले आक्रमक शैलीमा म तर्फ अघि बढी , अघि मैले पल शाह लाई लगाईदिएको खदा मेरो शरिरमा फिर्ता फ्याल्दै हातपात गर्ने तरिकाले धक्का मुक्का गर्दै म माथी जाई लागे । अघि भएको विवाद साम्य भइ सकेपछी समान्य तरिकाले बसेको मलाई अचानक भएको र आफुहरुले सोचदै नसोचेको यो दुर्व्यवहार ले गर्दा म आफै अवाक भए । त्यसपछि साथिहरुले ती असिस्टेन्ट लाई तानेर लगे, मैले आफ्नो संयमता लाई कन्ट्रोल मा नै राखे ।
ती कलाकारहरु धरानको मात्र नभई सम्पुर्ण प्रदेस १ कै पाहुना भएको र म आफै पनि संस्थाको जिम्मेवार पदमा भएको हुदा आफुले कुनै पनि किसिमको आक्रमण गरिन । साथिहरुले छुट्याएपनी ती कृष्ण ले पटक पटक झम्टिने प्रयास गरि राखे । छेउ को टेवलमा रहेका पल शाहले आफ्नो असिस्टेन्ट लाई सम्झाउने र रोक्ने प्रयास सम्म गरेनन । साम्य भै सकेको विवाद पल शाहकै निर्देशन मा यस प्रकारले घटाईएको छ । धरानकै स्थानिय युवा बोलाएर धरानमा नै आएर यसप्रकारले दादागिरी सैलिमा भएको यस दुर्ववहार को हामी सम्पुर्ण चलचित्रकर्मी महासंघ प्रदेश १ परिवार घोर भत्सर्ना गर्छौ ।
यदि त्यहा मैले आफ्नो संयमता लाई काबुमा नराखेको भए र ती आएका धरानका युवा साथिहरु ले पनि कुरा नबुझी आक्रमण शैलिमा भएको भए त्यहा ठूलो दुर्घटना हुने थियो । धराने धराने युवा विचमा नै लडाउने कुटिल चाल बोकेका यस्ता नायक पल शाह को यो कदमको हामी घोर बत्सर्ना गर्दछौ । २०७७ फाल्गुन १२ गते राती ९स्३० बजे भएको यो घटनाको बारेमा मैले कतै पनि चर्चा परिचर्चा गरिन । थाह पाउने मेरा शुभचिन्तक र साथिहरुले १३ गते छयांकन स्थलमा नै गएर फेरि कुरा गर्न जौ त्यही गएर जे जे गर्ने गरौला पनि भन्नू भयो ।मैले नै धरानमा छयाकन गर्न आएको टोलि लाई त्यसो गर्न हुन्न , यस्तो गर्यौ भने नकारात्मक संदेश जान्छ बरु प्रहरी मा उजुरी गरौ भनेर मैले १३ गते दिनको २स्३० बजे तिर इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएको छु ।
ई प्र का धरान बाट १३ गते नै पल शाह सहित उनको असिस्टेन्ट लाई झिकाउने कुरा भएको थियो तर मैले १४ गते सम्म गितको छयाकन हुँदै छ यो छयाकन सकेर मात्र झिकाउ भन्ने आग्रह गरे अनुसार नै १४ गते दिनको २स्३० बजे ईलाका प्रहरी कार्यलय धरानले उपस्तिथि हुन भनेर छयांकन टोलिका निर्माण नियन्त्रक मिलन सुवेदी ज्यु लाई जानकारी दिई सकेको छ । यसरी पल शहा को निर्देशनमा उनको असिस्टेन्ट कृष्ण ले गरेको कार्यप्रती चलचित्रकर्मी महासंघ प्रदेश १ परिवार घोर विरिध गर्दछ । पल शहा र उनको असिस्टेन्ट कृष्ण प्रसाद जोशी ले इलाका प्रहरी कार्यलयमा लिखित रुपमा माफी माग्नु पर्ने छ । यदि उनिहरु ले अटेर गरेमा कानुनी प्रक्रियामा अघि बढने जानकारी पनि गराउद छौ ।
प्रदेश नं १ मा पल शाह द्वारा अभिनित सम्पुर्ण चलचित्रहरुलाई प्रदर्शन मा पुर्ण रुपमा रोक लगाउने छौ । यस कार्यमा सहयोग गर्नको लागि सम्पुर्ण निर्माता, निर्देशक,कलाकार, प्राविधिक , हल संचालक , वितरक, पत्रकार , शुभचिन्तक तथा सम्पुर्ण चलचित्रकर्मिहरुमा बिनम्र अनुरोध गर्दछौ ।
बोधार्थ
१० इलाका प्रहरी कार्यलय धरान ।
२० पत्रकार महासंघ सुनसरि ।
३० नेपाल चलचित्र निर्देशक समाज ।
४० नेपाल चलचित्र कलाकार संघ ।
५ ० नेपाल चलचित्र निर्माता संघ ।
६० नेपाल चलचित्र प्राविधिक संघ ।
७० नेपाल चलचित्र संघ ।
८० नेपाल चलचित्र द्वन्द संघ
९० क्ष्ल्ब्क् ग्प्
अरुण कुमार प्रधान
अध्यक्ष , नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ।