Logo

बिदेशबाट फर्किएर आफ्नो श्रीमतीको हत्या गर्ने रामकुमार श्रेष्ठ १६ बर्ष जेल


१३,फागुण–काठमाण्डौं । सामान्य विबादपछि आफ्नो श्रीमतीको हत्या गरेको अभियोगमा नवलपरासीका राम कुमार श्रेष्ठलाई १६ जेल सजाय अदालतले सुनाएको छ । घर नवलपरासी घर उनले गत कात्तिकमा घटना गराएका थिए । सुनवल नगरपालिका ७ तरगौली, नवलपरासी निवासी ३२ वर्षीय रामकुमारले २१ वर्षीया अस्मिता श्रेष्ठको ज्यान लिएको ठहर अदालतले गरेको हो ।

सोमबार न्यायधीश ढाकाराम पौडेलको एकल इजलासले फैसला सुनाएको जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका सुचना अधिकारी सहायक जिल्ला न्यायधिवक्ता गोकर्णराज घिमिरेले जानकारी दिए । रामकुमारले गत कात्तिक २७ गते दिउंसो आफ्नै कोठामा रहेकी अस्मिताको ज्यान लिएको पुष्टि भएको हो । उनले अस्मितालाई आफै देहत्याग गरेको दावी गर्दै आएका थिए ।

सामान्य विवादका बीच उनले अस्मिताको ज्यान लिएको वयानमा बताएका थिए । घरमा कोही पनि नभएको समयमा अस्मिताले पासो लगाएको दावी गरेका उनले प्रहरी र सरकारी वकिलसंगको वयानमा सबै वास्तविकता बताएका हुन् । घटना पछि उनले श्रीमतीको दिदी भिनाजुसंग अस्मितालाई अस्पताल पठाएर आफु भने घरमै बसेका थिए ।

उपचारका लागि देवदह मेडिकल कलेज लगिएको थियो । तर चिकित्कसले उनको निधन भएको घोषणा गरेका थिए । उपचारका लागि परीक्षण गर्ने क्रममा उनको घांटीमा केहि दाग देखिए पछि अनुसन्धान सुरु गरिएको थियो । अस्मिताका बुवा कृष्ण प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा गत मंसिर ५ गते जाहेरी दिएका थिए ।

गल्याङ ८, तीनदोबाटेकी अस्मिताको ३ वर्ष अगाडी रामकुमारसंग मागी बिवाह भएको थियो । उनीहरुको २ वर्षीय छोरा समेत छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका रामकुमार गत असौजमा घर बिदामा आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्