Logo

भाईहरुले के जितेर लड्डु खाएछन् भन्दै ओलीले व्यङ्ग्य गरे


१२,फागुण,–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजिनामा नदिने संकेत गरेका छन् । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना भएको फैसला गरेसँगै आफूहरुको जित भन्दै प्रचण्ड र माधवले चितवनमा एक अर्कालाई लड्डु खुवाएकोप्रति व्याङग्य गर्दै ओलीले मेरा भाईहरुले के जितेर लड्डु खाएका छन् मलाई थाहा छैन भनेका छन् ।

उनले प्रचण्ड र माधवकुमार नेपाललाई भाईहरु भनेपनि कार्यकतामा समेत हाँसो छाएको थियो । प्रचण्ड र नेपालले के के पाउँछन् हेरिरहेको समेत उनले बताए । आफ्नो कुरालाई मात्र उच्च ठान्ने ओलीले यो भन्दा अगाडी प्रचण्ड माधवको बृहत सभालाई पनि मामुली भन्दै आएका थिए । फेरि अहिले सर्वोच्चको फैसला समेत सामान्य कुरा भन्न थालेका छन् ।

ओलीले माटोको विद्युतीय नक्शांकनको आज राजधानीमा उदघाटन गरेपछि प्रचण्ड र नेपालप्रति व्यङ्ग्य गर्दै भने,‘लड्डु खाएछन् के पाउँछन् हेर्नुछ ।’ सर्वोच्चको फैसलाबाट विजयी जुलुस निकालेतर्फ बोल्दै प्रश्न गरे,‘के जिते रु थाहा छैन । उनीहरुले आफ्नो राजिनामाको माग गरेको उल्लेख गर्दै त्यतातर्फ चिन्ता नगरेको बताए ।

उनले हाँस्दै भने,‘मान्छे कति खेर मर्नसक्छ जीन्दगीको ठेगान छैन । जबसम्म बाँचिन्छ राम्रो काम गरिन्छ भन्दै उल्टै पदमा रहुञ्जेल जिम्मेवारी पूरा गर्ने उनले बताए । आफूमा हिजो र आजबीच कुनै फरक नभएको बताए । उनले भने,‘हिजो र आजमा ममा के फरक पाउनुभयो रु फरक हुनुपर्ने आवश्यकता नै छैन ।

स्वार्थले लपेटिएकाहरुमा मात्र कुनै घटनाले फरक आउने बताए । उनले आफूलाई सुर्यसँग तुलना गर्दै भने,‘उदाउने सुर्य पनि रातै हुन्छ, अस्ताउने सुर्य पनि रातो भएर अस्ताउँछ । आफू कर्तव्य पालनामा दृढताका साथ उभिएको दाबी गरे । उनले आफूलाई कसैले नतर्साउन चेतावनी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्