Logo

प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा


१२,फागुण,–काठमाण्डौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको भोलिपल्टै संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बिहान महासचिव भारतराज गौतमसहित सचिवालयका कर्मचारीले प्रतिनिधिसभा बैठक सञ्चालनको आन्तरिक तयारीबारे छलफल गरेका थिए ।

छलफलबाट हामीले काम बाडफाँट गर्यौं आजै सरसफाइ लगायतका कार्य सम्पन्न भएको छ’ पाण्डेले भने, ‘अधिवेशन आह्वान भएको खण्डमा अब हामी जुनसुकै दिन संसद बैठक राख्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्