पाइलट तालिममा गएकी सदीक्षा दाजुको शंकास्पद मृत्यूको खबरले नेपाल फर्कन बाध्य,घटनाको फाईलमाथि प्रहरी अधिकृतको चरम लाभप्रवाही भएको आरोप
१२,फागुण,–काठमाण्डौं । साढे दुई वर्षदेखि अमेरिकामा पाइलट तालिम गर्न गएकी दुर्गा बास्तोला ( सदीक्षा )दाजुको शंकास्पद मृत्यूको खबरले नेपाल फर्कन बाध्य भएकी छन् । पौष ५ गते मृत अवस्थामा दाजुको शव भेटिएपछि बेहोसी अवस्थामा उनी केही दिन अघि मात्र नेपाल आई पुगेकी छन् । नेपालमै श्र्री एयरलाइन्समा एयर होष्टेसको काम गर्दागदै पाइलट बन्ने सपना जागेपछि पाइलट कोर्श गर्न अमेरिका पुगिन उनी । अमेरिकाको टक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो।
अचनाक दाजु प्रवीणको रहस्यमय मृत्यु भएको खबरले नेपाल आइपुगेको पनि उनले थाहा नै भएन । दाईको मृत्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्। नेपाल आएर उनले दाजुको हत्याको अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय, उर्लाबारीमा शंकास्पद व्यक्तिको नाममा किटानी जाहेरी दर्ता गराइन्। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले अनुसन्धान चुस्त दुरुष्ट हत्या हो कि भवितव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ भन्दै आश्वासन बाँडे ।
प्रहरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्। तर केही समयपछि प्रहरी निरीक्षकको कामप्रति नैै शंका भएको दुर्गाले आफ्नो फेसबुक लाईभबाट बताइन् । शंका पैदा भएपछि सोधखोज गर्दा ‘इन्स्पेक्टरले आलटाल गर्दै उल्टै हकारपकार गरेको पनि उनले सुनाइन् । घटनाको मुद्दा के हुँदैछ भनेर सोध्दा पनि उल्टै रिसाउने, झपार्ने गर्न थाले दुर्गाले भनिन् । झन शंकामाथी शंका उत्पन्न हुन थालेपछि प्रहरीको अनुसन्धान माथी नै चासो बढ्न थालेको दुर्गाको भनाई थियो ।
त्यसपछि उनी सरासर सरकारी वकीलको कार्यलयमा पेश भएको फाईल हेर्न पुगिन् । त्यो क्रममा सामान्य मृत्यू भनेर पो’ष्ट’मा’र्ट’म रिपोर्ट पेस गरिएको उनले बताइन् । फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला परेको समेत उनले फेसबुक लाइभबाटै सुनाइन् । घटनाबारे सबै कुरा जानकारी हुँदाहुँदै प्रहरी निरीक्षकले गलत मनसायले फोटो परिवर्तन गरेको भन्ने उनले आरोप लगाइन् ।
रहस्यमय मृ’त्युलाई प्रहरीले नै सामान्य बनाएको र दाजुका हत्यारालाई प्रहरीले उ’म्काउन खोज्दै छ भन्दै उनले सामाजिक सञ्जालभरि फेसबुक प्रत्यक्ष प्रशारण गर्न थालिन । धेरैले उनलाई सपोर्ट पनि गर्न थाले । सबैले उनको भिडियोलाई सेयर गर्न पनि गरे । प्रहरी निरीक्षक पोखरेलको कठालो समाइन्। प्रहरीले उनलाई प्रहरी कार्यालय बाहिर निकाल्न खोज्यो। गाँउलेहरुले पनि दुर्गालाई साथ दिए, प्रहरी कार्यालय घेराउ गरेका थिए।
प्रहरीले आर्थिक लाभ लिएर घटना मिलाउन खोजेको र अ’पराधीलाई भगाएको भन्दै अहिले गाँउलेले दिनहुँ प्रहरी कार्यालयमा आन्दोलन गर्ने गरेका छन्। दुर्गाको फेसबुक लाइभले दबाब अभियान आन्दोलनमा परिणत भएको छ । उनले हत्यार पत्ता नलागेसम्म प्रहरीको बुट,लाठी र बुन्दुक पनि खान तयार रहेको बताइन् ।