Logo

चुनाव गर्ने सपनालाई पञ्छाएर अन्त त राजिनामा दिन ओली बाध्य


१२,फागुण,–काठमाण्डौं । प्रतिनिधिसभा विघटन गरेर चुनाव गराउछु भन्ने ओलीको सपना चकनाचुर भएको छ । उनको कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएको फैसला गरेसँगै अन्त ओलीले राजिनामा दिने बाध्यता आएको छ । अब उनलाई विभिन्न राजनैतिक दलहरुबाट तत्कालै राजिनामा दिनुपर्ने दबाव आएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री पदबाट ओलीले राजिनामाको तयारी गरेको बुझिएको छ । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको एक नेताले बताए । बुधबार ओलीले बालुवाटारमा स्थायी समिति बैठक राखेका थिए । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ । प्रतिनिधिसभाको फेसला आउन एक दिन अघि नै चुनाव हुन्छ भन्दै सबैलाई तयारी अवस्थामा रहन ओलीले निदेशन दिर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्