Logo

सडकमा कार्यकर्ता जम्मा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत आम सभा राखेको अन्तत काम लागेन


११,फागुण–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन सम्मत विधिवटरुपमा आफूले संविधानको धारा ७६ टेकेर नै संसद विघटन गरेको बताउदै आएका थिए । तर आज सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भन्दै आज संसद पुनःस्थापना गर्ने फैसला गरेको छ ।

जसले विगतदेखि अहिले सम्म ओलीले गर्दै आएको बृहत आम सभा र सडक भाषणको कुनै औचित्य नै नभएको पुष्टि भएको छ । ओलीले हरेक भाषणमा आफू नै आधिकारिक भएको भन्दै बताउदै आएका थिए ।

प्रचण्ड माधव समूहले काम गर्न नदिएपछि पौष पाँच गते संसद विघटन गरेको ओलीले बताउदै आएका थिए । त्यस लगतै बैशाखमा चनावको तयारी गर्न आग्रह गरि रहेका बेला आज सर्वोच्चले संसद पूनःस्थापना गर्ने घोषणा गरेको हो । यसले ओलीलाई थप झट्का लाग्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्