Logo

दाहाल–नेपाल समूहद्वारा संसदीय बैठक आवहान


११,फागुण–काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलको बैठक आवहान गरेका छन् । मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले संसदीय दलको बैठक बोलाएको हो।

दाहाल–नेपाल पक्षको बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ । पार्टीको निर्णय अनुसार भोली अपरान्ह ४ बजे नै बैठक बस्ने तयारी भएको पार्टी प्रवक्ता नारायण काजी श्रे्रष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन सर्वोच्चले बदर गरेको हो। सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली समूह छलफलमा जुटेको छ। संसद पूर्नस्थापना भएपछि ओली नेपाल समुहले आफुहरुको जित भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्