Logo

संसद ब्यूँटिएपछि जनताको जीत भएको राम कुमारी झाँक्रिको प्रतिक्रिया


११,फागुण–काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले संसद ब्यूँटिएपछि जनताको जीत भएको प्रतिक्रिया दिइएकी छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको प्रति उनले स्वागत योग्यो भएको बताएकी छन् । संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै

नेतृ झाँक्रीले ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित भएको जिकिर गरेकी छन् । संसद विघटन विरुद्धको रिटमा निवेदक समेत रहेकी नेतृ झाँक्रीले आफ्नो पक्षमा बहस पैरवी गर्ने कानुन व्यावसायीलाई धन्यवाद समेत दिएकी छन् ।

प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद,’ झाँक्रीले भनेकी छन्, ‘हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानुन व्यावसायी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस्