Logo

अब नयाँ टेलिभिजन सञ्चालकको साथमा रबि लामीछाने दर्शक सामु आउदै


११,फागुण–काठमाण्डौं । सञ्चाकर्मी रबि लामीछाने अब नयाँ टेलिभिजन सञ्चालकको रुपमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके नयाँ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । गोर्खा मिडिया नेटवर्कले नेपालमै पहिलो चोटी 4K टेलिभिजन ल्याउने घोषणा गरेको हो ।

न्युज २४ तेलिभिजनबाट बाहिरीए संगै रबि लामिछानेले आफुले केहि नया कामको शुरुवात गर्ने बताएका थिए । उनले आज प्रत्रकार सम्मेलन गर्दै नयाँ टेलिभिजन सञ्चालन गर्न लागेको जानकारी गराएका थिए । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले दावी गरे । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

अब नयाँ टेलिभिजनबाट जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिने पनि बताए । उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ,

जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउने पनि लामिछानेले जानकारी दिए । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे , रबि लामिछाने म्यानेजिङ डाइरेक्टरको रुपमा रहनेछन्।

 

प्रतिक्रिया दिनुहोस्