प्रचण्डद्वारा तत्काल प्रधानमन्त्री ओलीको राजिनामा माग
११,फागुण–काठमाण्डौं । सर्वोेच्च अदालतले संसद पूर्नस्थापना गरेसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजिनामा माग गरेका छन् । मंगलबार साँझ चितवनबाट प्रचण्डले लाजश्रम,घिन,नैतिकता र ईज्जत छ भने ओलीले तत्काल नै राजिनामा दिनुपर्ने बताएका हुन् । उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन समेत आग्रह गरेका छन् ।
ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए। सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ। उनले देशैभर विजय र्याली र जुलुस गर्न अपिल गरेका छन्। प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए।
यता प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बिभिन्न समूहले विजय जुलुस निकाल्न सुरु गरेका छन्। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको त्यसको अनुमोदनलाई अदालतले बदर गरेपछि त्यसको स्वागतमा राजधानी र मुलुकका बिभिन्न स्थानमा जुलुस निस्केका हुन्।
रामशाहपथस्थित सर्वोच्च अदालतबाहिर र त्यस वरपरका क्षेत्रमा समेत विजय जुलुस निकालिएको छ। उता प्रचण्ड(माधव पक्षका नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फै’सलाले जनताको जि’त भएको प्र’तिक्रिया दिएका छन् । नेपालले आफूहरू सहमतिका साथ अघि बढ्ने बताए ।
नेपालले सामाजिक सञ्जालमार्फत संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार पनि व्यक्त गरेका छन् ।