Logo

प्रतिनिधिसभा पूर्नस्पाना भएसँगै सडकमा रातारात खुशीयाली


११,फागुण–काठमाण्डौं । प्रतिनिधिसभा पूर्नस्पाना भएसँगै सडकमा रातारात खुशीयाली मनाउन थालेका छन् । पौष ५ गते प्रधानमन्त्री ओलीले बिघटन गरेको प्रतिनिधिसभालाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पूर्नस्पाना भएको फैसलासँगै अहिले प्रचण्ड माधव पक्षधरले सडकमा खुशीयाली मानाउन थालेका छन् ।

सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले सडकमा निस्किएर खुसियाली मनाएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ ।

मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको हो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्