सर्वोच्च अदालतद्वारा प्रनिधिसभा पूर्नस्थापना भएसँगै सुरक्षामा हाई–अलर्ट
११,फागुण–काठमाण्डौं । सर्वोच्च अदालतद्वारा प्रनिधिसभा पूर्नस्थापना भएसँगै सुरक्षालाई हाई–अलर्टमा राखिएको छ । सोमबार साझाँ सर्वोच्च अदालतले संसद पुर्नस्थापना भएको फैसला गरेका छन् । यो सँगै नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजुका अनुसार सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको थियो । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा तैनाथ बढाइएको अर्यालले बताए । नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ ।
भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर हाई–अलर्टमा बसेका हौं’, प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पालले भने । सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र
झडपको सम्भावना कम हुने विश्लेषण सुरक्षा अधिकारीहरूको थियो । सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।