Logo

उखु किसानको भुक्तानी तथ्यांक सरकारले लुकायो


१०,फागुण–काठमाण्डौं । कुन किसानको के कारणले भुक्तानी रोकिएको भन्नेबारे सरकारले तथ्यांक लुकाएको आरोप किसान प्रतिनिधिहरुले लगाएका छन् ।

सबै किसानको भुक्तानी सुनिश्चित भएको सरकारले दाबी गरे पनि किसानहरु भने अझै पैसा नपाएर छटपटाइरहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

किसानहरुको भनाइमा अझै पाँच करोडभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ तर सरकारले बैंकमा भएको भनिएको रकम कति हो र के कारण रोकिएको भन्ने विवरण अझै हामीलाई दिएको छैन,’ संरक्षक मिश्रले भने ।

डकुमेन्ट मिलेको छैन भन्ने कुरा सरकारले हल्ला मात्रै गरेको तर किसानहरुलाई जानकारी नै नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्