भृकुटीमण्डप मेलामा सस्तोमा जुत्ताचपल भन्दै जथाभावी न्यूज पोर्टलको हल्लाले ग्रहको भीड,अन्तमा गुणस्तरहीन जुत्ता चप्पलबाट ग्राहक आक्रोसित
९,फागुण–काठमाण्डौं । भृकुटीमण्डप मेलामा सस्तोमा जुत्ताचपल भन्दै जथाभावी निकै समाचारको हल्ला फैलिए । एउटै छानोमुनी विभिन्न ब्राण्डका विभिन्न जुत्ता चप्पल सस्तोमा । ग्राहकको निकै भीड जस्ता हल्ला र अनलाईन समाचारको विज्ञापण जताततै सामाजिक सञ्जाल भरि फैलिन थाले ।
वास्तविकता के हो ? भनेर हाम्रो टोली आईतबार त्याहाँको बजार भाउ बुझ्न पुग्यो । सस्तो र सुलभ मूल्यमा आर्कष जुत्ता चप्पल छानीछानी एउटै छानोमुनी भन्ने निकै हल्ला चलेपछि हामी त्याहाँ पुग्यो । तर हामी त्यहाँ पुगेर बजार अवलोकन गर्दा हल्ला र नारामा नै सीमित भएको पाईयो ।
न त,सामानको मूल्य नै सस्तो,न त जुत्ताचप्पल नै गुणस्तर युक्त । बरु त्यहाँ पुगेका ग्राहकहरु उल्टै आक्रोस पोखी रहेका थिए । अनेक बाहाना गरेर सोझो सादालाई ठक्ने मेलो भन्दै एक महिला कराई रहेका थिए । सस्तो र ५० प्रतिशत भनिएको एक जोड जुत्ताको मूल्य १२०० देखि माथी थियो ।