Logo

साहित्य सर्जक तथा सामाजिक अभियन्ता अरुण कुमार राई द्वारा लिखित आदिवासी जनजाती र अधिकार नामक पुस्तक विमोचन हुने


९,फागुण–काठमाण्डौं । साहित्य सर्जक तथा सामाजिक अभियन्ता अरुण कुमार राई (अरुण दोभान) द्वारा लिखित आदिवासी जनजाती र अधिकार नामक पुस्तक विमोचन हुने भएको छ । उदयपुर जिल्लाको लिप्चुबुङ गाउँपालिकामा जन्मिएका राईले आदिवासी जनजाती र अधिकार नामक पुस्तक लेखेका हुन् ।

जुन पुस्तकमा लेखक राईले आदिवासी र जनजातीको हक अधिकारलाई उजागर गरिएको छ भन्ने बुझिएको छ । लेखक राई केही समयदेखि यता सक्रिय रुपमा समाजसेवामा समेत लाग्दै आएका छन् । त्यसो त राईले विभिन्न गीत संगीत क्षेत्रमा समेत शब्द रचना गर्दै आएका छन् ।

राईले सामाजिक कुरीती,बिकृती,विसंगती र सामाजिक भिन्नताको विरुद्धमा सशक्त ढंगले कलम चलाउदै आएका छन् । किरात राई लेखक सङ्घ उदयपुर जिल्ला अध्यक्ष समेत रहेका साहित्यकार राई द्वारा लिखित पुस्तक सुम्निमा हल कोटेश्वरमा आगामी शनिबार विमोचनको हुने तयारी भएको छ ।

सो कार्यक्रमलाई किराँत राई लेखक सङ्घ केन्द्रिय कार्यसमितिले आयोजना गर्ने भएको छ । कार्यक्रम ठीक बिहान ११ बजे हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका साहित्य सर्जक,लेखक,अभियन्ता तथा कलाकार,पत्रकार समेतको उपस्थित रहने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्