प्रदेश नं १ का मुख्य मन्त्री राई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राईको पद धरापमा
९,फागुण–काठमाण्डौं । प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो ।
मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् । अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् ।
आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् । अविश्वासको प्रस्ताव पेश भएसँगै राईको पद धरापमा परेका छन् । तर यस अघि यसलाई आरामले सामना गर्ने राईले बताएका थिए ।