सर्वोच्च अदालतको फैसला आउने मिति नजिकिदै जादा ओली आत्तिएको राम चन्द्र पौडेलको दावी

९,फागुण–काठमाण्डौं । नेपाली काँग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले सर्वोच्च अदालतको फैसला आउने मिति नजिकिदै जादा ओली आत्तालिन थालेको बताएका छन् । आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अदालतले संविधान अनुसार फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको बताए । ‘संविधानमा भएको व्यवस्थालाई टेकेर सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न लागेको ओलीले थाहा पाइसके’ उनले भने, ‘त्यही भएर उनी अत्तालिए ।
शनिबार विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । ओलीले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने रु, प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् । पौडेलले जस्तोसुकै सेटिङ गरेपनि सर्वोच्चले संविधानको धारा नटेकीकन फैसला नगर्ने दावी गरे । संसद विघटनसम्बन्धी मुद्धा अहिले पनि अदालतमा विचाराधीन रहेकाले कांग्रेसले ठूलो आन्दोलन नगरेको पौडेलले बताए ।
साथै ओलीले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने भनिएको प्रति इङ्गित गर्दै आन्दोलन गर्ने भए प्रधानमन्त्रीको कुर्सी छाडेर आन्दोलनमा आउन आग्रह गरेका छन् । उनले अदालतले संविधानको धारा हेरेरै फैसला गर्ने धारणा राखे । ‘केपी ओलीले भने जस्तो संविधान–संविधान छोडिदेऊ, राजनीतिक निर्णय हो यसलाई सदर गर भनेर हुँदैन’ उनले भने, सर्वोच्चले हेर्ने भनेको संविधानको धारा हो ।
पौडेलले संसद विघटन मुद्धामा बहस सकिएकाले अब केही दिनमै पुनर्स्थापना हुने दावी गरे । प्रधानमन्त्री ओलीले अदालतले संसद पुनर्स्थापना गरे आन्दोलन गर्ने भनी दिएको अभिव्यक्ति आपत्तिजनक रहेको पौडेलले बताए ।ओलीले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने रु भनेर प्रश्न गरेका थिए ।