Logo

मात्रृभाषा कायम गर भन्दै सिहंदरबार अगाडी नाङ्गो प्रर्दशन गर्दै गर्दा विकिन लिम्बु पक्राउ(फोटो फिचर सहित)


९,फागुण–काठमाण्डौं । मात्रृभाषा कायम गर भन्दै सिहंदरबार अगाडी नाङ्गो प्रर्दशन गर्दै गर्दा विकिन लिम्बु काम्बाङ पक्राउ परेका छन् । अन्तराष्ट्रिय मात्रृ भाषा दिवसको अवसरमा उनले सिंहदरबार अगाडी नाङ्गो प्रर्दशन गरेका हुन् । राज्य शासन सत्ताले दमन गरेको र मातृ भाषालार्ई कुण्ठित बनाएको उनले आरोप लगाएका छन् ।

आफुहरुको मात्री भाषालाई राष्ट्रभाषासा समेटिनु पर्ने र व्यावस्थापन गर्नुपर्ने मुख्य माग सहित सिंहदरबार अगाडी आन्दोलन गरेको लिम्बुले बताए । पुरै नग्न अवस्थामा आएको लिम्बुले राज्यले नै आफूलाई नाङ्गो बनाएको बताएका छन् ।

कुनैबेला गाई गोरु खान पाउनुपर्छ र राष्ट्रिय जनावरको रुपमा गैडा राख्नुपर्छ भन्दै पटक पटक सिंहदरबारको मुलगेटमा सरकारलाई झुक्याउदै लिम्बुले आन्दोलन गर्दै आएका छन् ।

उनले तीन पटक सम्म एकलै सिंहदरबारको ढोका घच्घच्याई सकेका छन् । लिम्बुले प्लईकार्डले आफ्नो योनाङ्ग छोपेर प्रदर्शन गर्दै गर्दा प्रहरीले पक्राउ गरेका छन् । उनलाई अनामनगर प्रहरी परिसर लगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्