Logo

सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भए फेरि आन्दोलन गर्ने ओलीको चेतावनी


८,फागुण–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चुनावमा गैसकेको अवस्थामा अब कुनै सेटिङ भएर जनताको विपक्षमा फैसाला भए फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार बिराटनगरमा आयोजित नजसभालाई सम्बोधन गर्न गएका त्यो कुरा बताएका हुन ।

उनले त्यसका लागी सबै कार्यकर्ता तयार रहन पनि आग्रह गरेका छन् । उनले भने,‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ, केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।

फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौं । त्यसकारण म आग्रह गर्न चाहन्छु तपाईँहरुलाई, आत्मविश्वासको साथ, धैर्यताको साथ देश र जनता, लोकतन्त्र, सुशासन र विकास यस्तो कुरालाई मूल मन्त्र मानेर अगाडि बढ्नुहोस ।

ओलीले यसो भनि रहदा कार्यकताहरुले ताली पिटेका थिए । तर पछिल्लो समय ओलीको ठटयौली भाषणप्रति जनताको लोकप्रीयता घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्