बिराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा
८,फागुण–काठमाण्डौं । शक्ति प्रदर्शन सभालाई सम्बोधन गर्न गएका प्रधानमन्त्री ओलीलाई बिराटनगरमा कालो झण्डा देखाइएको छ । बिराटनगर एयरपोर्टबाट ओर्लने बित्तिकै प्रचण्ड माधव समूहका कार्यकर्ताले बिरोध स्वरुप कालो झण्डा देखाएको हो ।
कालो झण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गर्न थालेपछि प्रहरी र प्रचण्ड माधव कार्यकर्ता बीच झण्डै झडप सृजना भएको छ । प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको उनीहरुले बताएका छन् । अवरोध र विरोधलाई छिचोल्दै ओली सभा हलमा प्रवेश गरेका हुन् ।