Logo

सरकारले आयोजना गरेको शपथग्रहण समारोहमा नगएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख र उपराष्ट्रपतिलाई गाली बर्षाए


८,फागुण–काठमाण्डौं । सरकारले आयोजना गरेको शपथग्रहण समारोहमा नगएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख अग्नि सावकोटा र उपराष्ट्र«पति नन्द बहादुर पुनप्रति तुत्छ गाली बर्षाएका छन् । थापाले सभामुख र उपराष्ट्रपति दुवैले पदीयमदा विपरीत काम गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य स’मस्यामा रहेको अवस्थामा पूर्वजानकारी गराएरबाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक होइन र

हुनै सक्दैन। उनले अगाडि लेखेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आ’योजित श’पथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले सं’विधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार म’हासंघको महाधिवेशन उद्घाटनका अवसरको प्र’चण्डपथीय मन्तव्य) हिँड्नु झन् गैरजिम्मेवारी हो। अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन।

साथै उनले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्याधीश, पूर्वउपकुलपति र पूर्वप्रमुख निर्वाचन आयुक्तहरूलाई पनि गाली गरेका छन्। उनले लेखेका छन्, ‘पूर्वहरूको बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो। बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्सकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो ।

गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह ब’हिस्कार गर्ने, अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहनेर टाँस्सिइरहने ?

 

प्रतिक्रिया दिनुहोस्