Logo

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं १ विराटनगरमा आज शक्ति प्रर्दशन गर्दै


८,फागुण–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ विराटनगरमा शक्ति प्रर्दशन गर्ने तयारी गरेको छ । पौष ५ गते संसद विघटन गरेपछि उनको विरुद्धमा चौतर्फी विरोध जनाउन थालिएको छ । उनीसँगैका सहकर्मीहरु प्रचण्ड र माधव पक्ष छुटेर गएपछि ओलीको बिरोध जनाउदै उनीहरु निरन्तर अहिले सम्म सडकमा नै छन् । उनीहरुले अनेक शक्ति प्रर्दशन तथा सडक र्याली निकाली रहेका छन् । शक्ति प्रर्दशन गर्ने प्रतिस्प्रधा जस्तै हुन थालेपछि ओलीले पनि पछिल्लो समय आफ्नो शक्ति देखाउन कन्जुस्याई गरेको छैन ।

काठमाण्डौं उपत्यका,बुटवल,सुर्खेत,चितवन हुँदै धेरै जिल्लामा शक्ति प्रर्दशन गरि सकेको ओलीले फेरि आज विराटन नगरमा शक्ति प्रर्दशन तथा सभा गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो । विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ ।

सडकमा आमसभा गर्दा ट्राफिक जाम हुने भएपछि अस्पताल छेउको खाली जग्गामा सभास्थल बनाइएको आयोजक कमिटीले जनाएको छ । प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् । शनिबार दिउँसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

उनका अनुसार जनसभाबाट गाउँ(गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ । विराटनगरको विभिन्न ६ स्थानबाट र्याली निस्कनेछन् । भिड धेरै हुने भएकाले दुई स्थानमा प्रधानमन्त्रीको सम्बोधन हेर्न मिल्ने गरी डिस्प्ले स्क्रिन राखिएको छ । केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो ।

प्रधानमन्त्री सवारी हुनेभएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सुरक्षा सतर्कता उच्च बनाएको बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्