मध्यावधि चुनावको तयारी राम्रोसँग नगरेको भन्दै निर्वाचन आयोगप्रति ओली आक्रोसित
७,फागुण–काठमाण्डौं । आउन लागेको चुनावको राम्रोसँग तारी गर्न निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । चुनाव नजिकिन लाग्दा अहिले सम्म आयोगले निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै ओलीले आक्रोस पोखेका छन् । उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।
ओलीले निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्ने बताउदै पौष ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भनेर आयोगलाई जानकारी गराएको पनि बताए । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
अस्ति गएर सोध्दा तयारी गरेको छौं तर कार्यक्रम प्रकाशित गर्न बाँकी छ भनेर आयोगले भनेको उनले बताए । आयोगको तयारी जनताले त्यति थाहा पाएजस्तो लाग्दैन । कतिपयले निर्वाचन गराउन घोषणा गरिएको होइन भनिरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरे ।
उनले भनोक छन्, ‘तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु । प्रधानमन्त्री ओलीले आफूले संविधान नमिचिने दाबी समेत गरेका छन् । चुनावले लोकतन्त्र समाप्त नहुने भन्दै उनले भने, ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?