महाकुलुङ गाँउपालिकामा 4G इन्टरनेट सेवा प्रारम्भ
७,फागुण–काठमाण्डौं । महाकुलुङ गाँउपालिकामा द्धन् इन्टरनेट सेवा प्रारम्भ भएको छ । १४ जिल्लामा सेवा प्रदायक कम्पनीले 4G इन्टरनेट सेवा पुर्याउने उद्देश्य अनुरुप फागुण ७ गतेबाट सोलुखुम्बुको महाकुलुङ गाँउपालिका गुदेलमा यो सेवाको प्रारम्भ भएको हो ।
अहिले सम्म इन्टरनेट सेवाको माध्यमबाट टाढा नै रहेका स्थानीय बासीको मुहारमा अब खुशी छाएको छ । इन्टरनेट सेवाको पहुच नभएपछि त्यहाँका स्थानीयहरु ईमेल,फ्याक्स र सोसियल मिडियाबाट पूर्ण रुपमा बन्चित हुँदै आएका थिए ।
तर अब नेपाल टेलिकमले त्यहाँ 4G इन्टरनेट सेवा पुर्याएपछि लामोबाटो हिडेर सदरमुकाम पुग्पुर्ने स्थानीयहरुको झण्झट मुक्त भएको छ । यो सेवालाई प्रभावकारी बनाउन सबै स्थानीय बासीहरुको दायित्व रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।