Logo

शशीकला माझी र सन्तोष माझी द्वारा अभिनित,आँखी जुदेन’ गीतको म्युजिक भिडियो सार्वजनिक


७ फागुन, काठमाडौं । अभिनेतासमेत रहेका यमन माझीको आफ्नै शब्द तथा संगीत रहेको ‘आँखी जुदेन’ गी शशीकला माझी र सन्तोष माझी द्वारा अभिनित,आँखी जुदेन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका छन भने मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

दीपक अधिकारीको कोरियोग्राफी रहेको ‘आँखी जुदेन’ गीतको भिडियोमा शशीकला माझी र सन्तोष माझी फिचर्ड छन् । सार्वजनिक भिडियोमा शशीकला र

सन्तोषलाई विक्रम माझी, असुन माझी, अनुप माझी, ईश्वर श्रेष्ठ, कविता माझी, सर्मिला माझी, देवेन्द्र माझी, राज माझी, रञ्जना माझी, अस्मिता माझी, सुस्मिता माझी, राजकुमार माझी, सपना माझी, निशा माझीलगायतले साथ दिएका छन् ।

गायक यमन माझीले निर्माण गरेका यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । भिडियोलाई ‘यमन माझी’ युट्युवमार्फत् रिलिज गरिएको हो । गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई गायक तथा संगीतकार माझीले आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्