Logo

छोरीको दवाबमा गायीका अञ्जु पन्तले विवाह गर्दै


६,फागुण–काठमाण्डौं । गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन् । एकलै जिवन विताउदै आएकी अञ्जुले छोरीको दवाबले दोस्रो विवाह गर्न लागेकी खुलेको छ । छोरी परितोशिकाले आमा एक्लै भएको भन्दै चिन्ता लिएपछि अञ्जुले छोरीको चाहाना अनुसार दोस्रो विवाह गर्न लागेकी हो ।

संगीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछी एक्लो जीवन बिताउँदै आएकी अञ्जुले पत्रकार थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । थीरको प्रेममा डुब्दै आएकी अन्जुले पत्रकार सामु आफू विवाह गर्न लागेको बताएकी हुन् । उनले विवाह कहिले हुन्छ भनेर खुलाउन भने चाहिनन् ।

अहिले दुई परिवार बिच विवाहको बारेमा छलफल भईरहेको उनले बताएकी छिन् । आफूले विवाह गरेर गएपछि आमा एक्लै हुने पीरले छोरी परितोशिकाले अन्जुलाई विवाह गर्न दबाब दिंदै आएको बताईन्छ । करिब ८ बर्ष अगाडी एक अन्तर्वाताको क्रममा थीरसँग भेट भएको बताउने अन्जुले ४ बर्षदेखि भने एकअर्का बिच राम्रोसँग चिनजान हुन थालेको बताईन् ।

बिगत एक बर्षदेखि भने विवाह गर्ने सोच बनाएको अन्जुको भनाई छ । आफ्नो हुनेवाला श्रीमानको बारेमा खुलेर प्रशंसा गर्दै अन्जुले भनेकी छिन्, ‘नाम अनुसारकै उहाँ थीर, शान्त, शालिन, भावुक हुनुहुन्छ । उहाँले मलाई निकै चोखो माया गर्दै आउनु भएको छ र उहाँको त्यो माया प्रति म आभारी छु । गायिका अन्जु पन्तले आफूलाई थिर कोइरालाले चोखो प्रेम दिएको पनि बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्