Logo

प्रचण्ड माधव समूहले मानव साङलो बनाएर आज टुँडिखेल घेर्दै


६,फागुण–काठमाण्डौं । चौथो चरणको आन्दोलन अन्र्तगत नेकपा ९प्रचण्ड(माधव नेपाल समूह०ले मानव साङलो बनाएर आज टुँडिखेल घेर्ने घोषणा गरेका छन् । संसद विघटन र महँगी भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड(माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।

भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता(कार्यकर्ताहरु रहने छन् । सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

प्रचण्ड(माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ । फागुन ७ गते सबै वडामा विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्