अपरान्हपछि बदली र हल्का बर्षा हुने मौसमविदको पूर्वानुमान
६,फागुण–काठमाण्डौं । आज अपरान्हपछि बदली र हल्का बर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले देशका विभिन्न ठाँउमा बिहानीपख घाम लागेपनि दिउसो एक–दुई बजे हल्का बर्षा हुने मौसमविदले जनाएको छ ।
तर राती भने फेरि सबै ठाउँमा मौसम सफा रहने वरिष्ठ मौसमविद वरुण पौडेलले जानकारी दिए । पौडेलका अनुसार शुक्रबारबाट दुई(तीन दिन भने पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको छ ।
तर तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन । बुधबार अपराह्नपख काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको थियो । प्रि(मनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको मौसमविद पौडेल बताउँछन् ।