स्थानीय बासीद्वारा धादिङ गंगाजमुना गाँउपालिकामा ताला बन्दी
६,फागुण–धादिङ । स्थानीय बासीले धादिङ गंगाजमुना गाउँपालिकामा ताजा बन्दी गरेका छन् । उनीहरुले गाँउपालिकामा भ्रष्टचार भएको भन्दै अनिश्चित कालका लागि ताला बन्दी गरेका हुन् ।
गाँउपालिकामा भएको भ्रष्टचार छानबिनका लागि पालिकाकै कर्मचारीको नेतृत्वमा छानबीन समिति गठन भएपछि शंकास्पद र चित्तो बुझ्दो नभएको भन्दै स्थानीयले ताला बन्दी गरेको हो ।
बुधबार ताला बन्दी भए पछि सबै काम कार्य ठप्प भएको छ । अर्को नयाँ छानबीन समिति गठन नभएसम्म पालिकाको कार्यलय नखोल्ने स्थानीयले जनाएका छन् ।
गाउँपालिकाले खरिद् गरेको घाँस काट्ने मेसिनको मोटर खरिदमा गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै स्थानीयले गाउँपालिकाका उजुरी गरेका थिए ।
यो उजुरीको छानविको लागी काम अगाडी नबढ्दै अख्तियारले गाउँपालिकाकी इन्जिनियर पुजा कार्की ९५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।