Logo

घुस खाएको आरोपमा धादिङबाट एक इन्जिनियर पक्राउ


४,फागुण–काठमाण्डौं । घुस खाएको आरोपमा धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की पक्राउ परेकी छन् । कार्कीले ९५ हजार मोटो रकम लिइ सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

रकम लिएर पनि ढुक्कले बसि रहेको अवस्थामा नगद सहित कार्कीलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र

प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै उनलाई नियन्त्रणमा लिएको रिसालले बताए । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको रिसालको भनाइ छ । अहिले हरेक कार्यलयमा घुस खाने क्रम दिनानुदिन बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्