Logo

बेवारिसे शव जलाउदै आएका बिनयजंग बस्नेत गोगंबुबाट पक्राउ


४,फागुण–काठमाण्डौं । लामो समयदेखि काठमाण्डौंमा बेवारिसे शव जलाउदै आएका बिनयजंग बस्नेत गोगंबुबाट पक्राउ परेका छन् । बाबुछोरीको सम्बन्ध गाँसेर सपना रोक्का मगरसँगै लाश जलाउदै आएका उनीहरुबीच पछिल्लो समय सम्वन्ध बिगे्रका थिए । सपनाले आफूमाथी बस्नेतले आभद्र व्यवहार गरेको भन्दै आईतबार प्रहरीमा जाहेरी दिएपछि उनी आज गोगंबुबाट पक्राउ परेको हो ।

बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बिनयजंग बस्नेतको नाम नलिएपछि उनीहरु बीचको सम्वन्ध बिग्रेको हो । काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो । सम्बन्ध बिग्रिएपछि बस्नेतले सपनाको नाङ्गो तस्बिर बाहिर सार्बजनिक गर्ने धम्की दिएका थिए । त्यही धम्कीलाई मूख्य आधार बनाएर सपनाले बस्नेतमाथी अभद्र व्यवहारको उजुरी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्