Logo

बलत्कारपछि हत्या गरिएकी भागरथीको हत्यारालाई चाडो भन्दा चाडो पत्ता नलगाए आत्मादाह गर्ने विद्यार्थीहरुको चेतावनी


३,फागुण–काठमाण्डौं । बैतडीका १७ वर्षीया किशोरी भागरथीलाई बलात्कार गरी हत्या गर्ने हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाएर सार्बजनिक नगरे आत्मादाह गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् । भागरथीलाई न्याय दिनुपर्ने भन्दै विद्यार्थी र अधिकारकर्मीहरुले सोमबार घण्टी जुलुस निकालेका छन्।

भागरथीले अध्ययन गरेको विद्यालय स’नातन धर्म मावि खोचलेकका विद्यार्थी, युवा र महिला अधिकारकर्मीले सोमबार घण्टी जुलुस प्रर्दशन गरेका हुन । सनातन धर्म माविबाट सुरु भएको जुलुस खोचलेक बजार परिक्रमा गरेर प्रहरीचौकी अगाडि कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै विद्यार्थी,युवा

र महिला अधिकारकर्मीहरुले भागरथीका हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाउनुपर्ने माग गरेका छन्। भागरथीको बलात्कारपछि हत्या भएको १२ दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेका छैनन्। प्रहरीले भने अनुसन्धान जारी रहेकाले छिट्टै हत्यारा सार्वजनिक हुने बताइरहेको छ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बसिरहेका छन् । अनुसन्धानमा आफै खटिएर कमाण्डरको भूमिका निभाइरहेका डिआईजी सुवेदी दिनभर प्रहरी चौकीमै हुन्छन् । प्रत्येक समय अनुसन्धान अधिकारीसँग रिपोर्टिङ लिइरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्