Logo

अख्तियारद्वारा नायव सुब्बा नरेन्द्र चन्द ८ हजार घुससहित पक्राउ


३,फागुण–काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा नरेन्द्र चन्दलाई ८ हजार घुससहित पक्राउ गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाण्डौंमा कार्यरत चन्दलाई सोमबार अख्तियारले पक्राउ गरेको हो ।

सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत घुसलिएको अभियोगमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार टोलीले दाहालले घुस चन्दलाई दिई सकेको अवस्थामा भाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्