Logo

प्रतिगमन भयो भन्दै बिद्यार्थीले नाटक प्रर्दशन गर्न खोज्दा प्रहरी हस्तक्षेप


३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले प्रतिगमन भयो भन्दै नाटक प्रर्दशन गर्न खोज्दा प्रहरीले सिधै हस्तक्षेप गरेको छ । नाटक देखाउन प्रयोग गरिने समाग्री समेत प्रहरीले खोसेर लगेको छ ।

उनीहरुले नाटक देखाउने तयारी गरि रहदा प्रहरीले एक्कासी हस्तक्षेप गर्न थालेपछि त्यही नै नाराबाजी गरेका थिए । त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु समेत सहभागी भएका छन् । प्रहरीले अवरोध गर्न थालेपछि उनीहरु आक्रोसित भएर सडकमा नै प्लेटी कसेर सरकार ओलीलाई लक्षित गरी नाराबाजी गर्न थाले ।

 

प्रतिक्रिया दिनुहोस्