Logo

पुरानो कार्यलयबाट प्रधानमन्त्री आज बसाई सरे


३,फागुण–काठमाण्डौं । प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबार स्थित आज नयाँ भवनमा सरेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो । आज प्रधानमन्त्रि केपी शर्मा ओलीले रिबन काटेर नयाँ भवनको कार्यलयभित्र प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्