Logo

प्रचण्ड माधव समूह र नेपाली काँग्रेद्वारा प्रदेश नं १ को बार्षिकोत्सव बहिष्कार


फाल्गुन १ चितवन । प्रचण्ड माधव समूह र नेपाली काँग्रेद्वारा प्रदेश नं १ को बार्षिकोत्सव बहिष्कार गरिएको छ । सोमबार मुख्यमन्त्री कार्यलय बिराटनगरमा आयोजित तेस्रो वार्षिकोत्सव सम्पन्न भएको हो । तर त्यो कार्यक्रममा प्रचण्ड माधव पक्ष र नेपाली काँग्रेसले सहभागीता जनाएको थिएन ।

वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको प्रचण्ड(माधव समूहका नेता इन्द्र आङ्बोले बताए । वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्यक नठानेको उनको भनाई छ । यस्तै नेपाली कांग्रेसले पनि वार्षिकोत्सवमा सहभागिता भएको छैन ।

पार्टीको कार्यक्रम भएकाले सहभागीता नजनाएको कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बताए । खबर आए पनि जान आवश्यक नठानेको उनको भनाई थियो ।

उनले भने, ‘पार्टीको कार्यक्रम पनि छ । सरकार संसद छल्नतर्फ लागेको छ । तर नेपाली काँगे्रसका सांसद विन्दिया कार्कीले भने एकलै सहभागीता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्