चितवन मुवाथाई र पावर हाउस मुवाथाई चितवनको आयोजनामा मुवाथाई खेल सम्पन्न

फाल्गुन १ चितवन । गत फाल्गुण १ गते चितवनमा मुवाथाई खेल सम्पन्न भएको छ । मुवाथाई र पावर हाउस मुवाथाई चितवनको आयोजनामा सो खेल सम्पन्न भएको हो ।
नारायणी खोला किनारामा सम्पन्न भएको उक्त खेलमा नेपालको टव फाइभ फाइटमा गोकर्णेश्वर मुवाथाई म्याक्स क्लबका खेलाडी लाक्पा तामाङले जित हाशिल गरेका थिए ।
उनले पहिलो राउण्डमा चितवन पावोर हाउसका खेलाडी कविन देशारलाई ४५ के.जी ले नकआउट गर्दै प्रथम स्थान हाशिल गरेका हुन् । त्यस्तै गरि ६० के.जिको तौलमा चितवन पावर हाउसका
रोहित शाहीसँगको प्रतिस्प्रधामा गोकर्णश्वर म्याक्स क्लवका फुर्जे तामाङले के.जि.मा २ अंकको अन्तरले पराजित गदै दोश्रो स्थान हासिल गर्नु भएको हो । खेल रोचक र निश्पक्ष तरिकाले सम्पन्न भएको सानुकाजि श्रेष्ठले बताउनु भयो ।