Logo

नेपाली काँग्रेसले आज देशभर बृहत आन्दोलन गर्दै


३,फागुण–काठमाण्डौं । प्रतिनिधि सभा बिघटनको बिरोधमा आज नेपाली काँग्रेसले देशभर बृहत रुपमा आन्दोलन गर्ने भएको छ । सरकारविरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो । सरकारविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्वहरु पनि जिल्ला–जिल्ला जाने भएका छन् ।

उनीहरुले सबै कार्यकताहरुलाई सहभागी हुन आवहान समेत गरेका छन् । सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देही जाने कार्यक्रम रहेको को छ । वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाँदै छन् भने महामन्त्री डा। शशांक कोइराला दाङमा हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुँदैछन् ।

यस्तै सहमहामन्त्री डा। प्रकाशशरण महतले सिराह, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापा र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह कास्कीको विरोध सभामा सहभागी हुने भएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले काठमाडौंमा, एनपी साउदले दार्चुलामा, डा। मिनेन्द्र रिजाल प्युठानमा, डा। रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै युवा नेता गगन थापा चितवन र अर्का युवा नेता प्रदीप पौडेल दैलेखमा हुन गइरहेको सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशीले भक्तपुरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्