Logo

बेवारिसे शव व्यवस्थापन गर्ने विनयजंग बस्नेतलाई पक्राऊ पूर्जी जारी


२,फागुण–काठमाण्डौं । बेवारिसे शव व्यवस्थापन गर्ने विनयजंग बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ । नेपालगञ्जमा शव व्यावस्थापन गरिरहेको अवस्थामा उनी त्यहाँबाटै प्रहरीले पक्राउ गर्ने भएको छ । उनलाई पक्राऊ गर्न अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेको छ ।

बेवारिसे शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा सक्रिय सपना रोका मगरको अश्लिल तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए ।

एउटै कर्ममा सँगै अगाडी बढेका सपना रोक्का र बिनयजंग बस्नेतको पछिल्लो समय नराम्रोसँग सम्बन्ध बिक्रिएको छ । सपनाले छोटो समयमा चर्चा कमाउने क्रममा आफूलाई बाटो देखाउने बिनयजंग बस्नेतको नाम नलिएपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको दर्शकहरुले आँकल गरेका छन् । सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा समेत परेकी थिइन् । त्यसपछि उनी चर्चाको शिखरमा पुगिन् ।

सपनाको चरित्रहत्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ । साथै उनले सपनालाई यौन शोषण समेत गरेको आरोप रहेको छ । विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिदै सपना रोक्का मगरको अश्लिल फोटो र भिडियो आफूसँग रहेको दाबी गरेका थिए । उनले त्यो सबै भाइरल बनाउने धम्कि पनि दिएका थिए ।

त्यसपछि सपनाले सामाजिक सञ्जालमा आफूलाई आत्महत्या गर्न वाध्य बनाउन लागेको लेखेकी थिइन् । त्यसलगतै सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्