रोटरी क्लव पाटन दरबार क्यायर र एसजिसिपि धापाखेलको सयूक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२,फागुण–काठमाण्डौं । रोटरी क्लव पाटन दरबार क्यायर र एसजिसिपि धापाखेलको सयूक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा Cerebal palcy संग सम्बन्धित बिषयमा संरक्षकहरुसंग अन्तर्गक्रियात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा सि.पि. के हो ? यो कसरी हुन्छ ? यो रोग हो की अबस्था हो ? यसको संख्या नेपाल भरी कति छ ?
भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो । शनिबार आयोजित सो कार्यक्रममा बोल्दै सि.पि. सेन्टरका कार्यकारी प्रमुख विमललाल श्रेष्ठले यसको बारेमा विस्तृत जानकारी दिनु भएको थियो । बिशेष गरी यो रोग बालवालिकाहरुसँग सम्वन्धित रहेको पनि उहाले जानकारी दिए । कार्यक्रममा सि.पि. भएका बालबालिकाको संरक्षकको रुपमा रहेका अभिभावकहरुसंग छलफल तथा अन्र्तक्रिया भएको थियो ।
सो कार्यक्रममा संरक्षक शुसिला मल्ल , प्रदीपकुमार श्रेष्ठ , लक्ष्मी बस्नेत र राजेन्द्र महर्जनले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले सि.पि.बच्चाहरु र संरक्षकको बारेमा आ–आफ्नो विचार राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जितेन्द्र बहादुर राजभण्डारी रहेका थिए । अन्य अतिथिहरुमा असिस्टेन्ट गभर्नर दुर्गा प्रसाद सुबेदी, शुरेश आचार्य चन्द्र कृष्ण ढकाल लगायतका व्यक्तिहरु रहेका थिए ।
सवै अतिथिले यस एसजिसिपिले गरेको कामलाई सम्मान गर्दै यस रोटरी ग्रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । प्रमुख अतिथि जितेन्द्र बहादुर राजभण्डारीले एसजिसिपिसँग सहकार्य गरी जुनसुकै ठाउमा पनि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।