Logo

सत्ता पक्षले फागुण ८ गते जनसभा गर्ने,जनताका लागि यो ठीक की बेठीक


फागुण १–काठमाण्डौं । सत्ताबाहिर बसेकाले त विभिन्न माग र बाहानामा आन्दोलन तथा सभा गर्नु स्वाभिक नै हो । तर यतिखेर सत्ता पक्ष र सत्ताबाहिर रहेका दुवै शक्ति प्रर्दशन र जनसभा गर्न प्रतिस्प्रधा गरि रहेका छन् । माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी अगाडी आमसभा गरेका थिए भने प्रचण्ड माधव समुहले माघ २८ गते शक्ति प्रर्दशन तथा सभा गरेको थियो ।

त्यसको केही दिनपछि फेरि फागुण ८ गते सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका

१४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्