Logo

शताब्दी पुरुष सत्यमोहन जोशी दम्पत्तिद्वारा परणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा


फागुण १–काठमाण्डौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्यूपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन् । जोशी र उनकी पत्नीले मृत्युपछि शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका हुन् । जोशी दम्पतीले सयबर्ष कटीसकेपछि पनि स्वस्थ जीवन बाँच्नेहरुको अंगका बारेमा बिद्यार्थीहरुले अध्ययन गर्न पाउन भनेर शरीर दानको घोषणा गरेका हुन् ।

साहित्यकार सत्यमोहन जोशीले एक सताब्दी पार गरी सकेका छन् । ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका जोशी दम्पतीले सबैका सामू आफुहरुको मृत्यु पछि सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका थिए । आफु सय वर्षसम्म स्वस्थ भई बाँचीरहनुको रहस्य बिद्यार्थीहरुले अध्ययन गर्न पाउन भनी शरीर दान गरेको शताब्दी पुरुष जोशीले बताएका थिए ।

ललितपुर नगरपालिकाको पहलमा सरकारले यस अघि नै सत्यमोहन जोशीको अनुहार अंकित मुद्धा र हुलाक टिकट सार्वजनिक गरीसकेको छ । मरीसकेपछि जे–जतिको हुलाक टिकट र सिक्का बनाए पनि आफू जिवित छँदै सरकारले सम्मान गरेकोमा जोशी निकै खुशी देखिन्थे ।

किष्ट अस्पतालले जोशी दम्पतीको निशुल्क औषधी उपचार गर्दै आईरहेको छ भने आगामी दिनमा उहाँका परीवारका सम्पूर्ण सदस्यको स्वास्थ्य उपचारको जिम्मा पनि लिने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्